५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बोरुसिया डोर्टमण्ड विजयी



एजेन्सी ।
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बोरुसिया डोर्टमण्ड विजयी भएको छ । हानोभरलाई ५–१ ले हराउँदै डोर्टमण्डले जर्मन शीर्ष डिभिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
अच्राफ हाकिमीले २४औं मिनेटमा डोर्टमण्डलाई दिलाएको अग्रता पहिलो हाफमा कायम रह्यो ।
६०औं मिनेटमा मार्को रियुस, ६२औं मिनेटमा मारियो गोट्जे, ६७औं मिनेटमा राफेल गुर्रेरोले गोल गरेपछि डोर्टमण्डले चार गोलको अग्रता लिएको थियो ।
एक्सेल विट्सलले ९०औं मिनेटमा डोर्टमण्डका लागि पाँचौं गोल गर्नुपूर्व बाकालोर्जले ८६औं मिनेटमा हानोभरका लागि सान्त्वना गोल गरेका थिए । डोर्टमण्डले ४८ अंक बनाएको छ । हानोभर भने रेलिगेसन जोनमा छ ।
दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकले पनि जित हात पारेको छ । उसले आफ्नो मैदानमा अग्सबर्गलाई २–० ले हरायो । मोन्चेनग्लाडबाकको ३९ अंक भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ३ : ३७ बजे