५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो



एजेन्सी ।
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० ले हरायो ।
एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए । २७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ३७औं मिनेटमा साउलले अग्रता दोब्बर बनाए । बाँकी समयमा गोल हुन नसक्दा एट्लेटिको विजयी भयो ।
जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा छा्ेट्याएको छ । २० खेल खेलेको बार्सिलोनाको ४६ अंक छ भने एट्लेटिको मड्रिडको ४४ अंक भएको छ ।
तेस्रो स्थानको सेभियाले पनि जित हात पारेको छ । लेभान्टेलाई ५–० ले हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफ गोल रहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए ।
सेभियाको जितमा विसम बेन यडर, एन्द्रे सिल्भा, फ्रांको भाज्क्वेज, पाब्लो साराबिया र क्वीन्सी प्रोम्सले गोल गरेका थिए । सेभियाले तालिकामा ३६ अंक बनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ३ : ४२ बजे