१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

खेल्नेहरु मूर्ख र हेर्ने महामूर्ख हुने खेल क्रिकेट, रोहितको रेकर्डले भारतीय मिडियामा हलचल



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
एउटा भनाई छ । क्रिकेट खेल खेल्ने खेलाडीहरु मूर्ख हुन् र हेर्ने महामूर्ख हुन् । हुन पनि हो क्रिकेट खेल्ने र हेर्नेहरुलाई यो भनाई सत्य नै लाग्दछ । किनभने विश्वमा क्रिकेट मात्र यस्तो खेल हो जहाँ अचम्म अचम्म्का रेकर्ड बन्छन् । विश्वका क्रिकेट हस्तीहरु भरतका सचिन तेन्दुल्कर, विराट कोहली, महेन्द्रसिँह ध्वनी, युवराज सिंह, वेष्ट इण्डिजका क्रिस गेल दक्षिण अफ्रिकाका हासिम आम्ला, पाकिस्तानका स्वयब अख्तर, शाहिद अफ्रिदी, आदि क्रिकेटमा यस्ता रेकर्ड बनाएका छन् जसलाई पत्याउनै मुस्किल पर्छ । यस्तै अपत्यारिलो रेकर्ड बनाएर नेपालका उदाउदा ब्याट्समेन १६ बर्षिय रोहित पुनले विश्व क्रिकेट बजारलाई तताएका छन् ।

सन्दिप लामिछाने विश्वका उत्कृष्ट क्रिकेट प्रतियोगिताहरुमा खेलेर सनसनी मच्चाइसकेपछि फेरि नेपालका कान्छा ब्याट्समेन रोहित पौडेलले सनसनी मच्चएका छन् । उनको अद्भूत् क्षमता र किर्तिमानीका कारण यतिबेला भारतका विभिन्न सञ्चारमाध्यमहरुले नेपालका रोहित पौडेलले बनाएको किर्तिमानी छाप्न बाध्य छन् ।
शनिबार युएईविरुद्धको खेलमा अर्धशतक बनाउँदै रोहित पौडेलले सचिन तेन्दुलकरको विश्वकीर्तिमान तोडेपछि भारतीय मिडियामा चर्चा भइरहेको छ । भारतका चर्चित मिडियाहरु एनडिटिभि, इन्डिया टुडे, टाइम्सअफ इन्डिया, नवभारत टाइम्स, डिएनए इन्डिया लगायतले नेपालको किर्तिमानीलाई चासोपूर्वक प्रकाशन प्रशारण गरेका छन् । टाइम्स अफ इन्डियाले नेपालका रोहित पौडेलले सचिन तेन्दुलकरको २९ वर्ष पुरानो कीर्तिमान तोडे, बने अन्तर्रा्ष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी भनेर समाचार छापेको छ । नवभारत टाइम्सले त डिएनए इन्डियाले पहिलो अन्तर्रा्ष्ट्रिय अर्धशतकसँगै तेन्दुलकरको रेकर्ड तोडेको विषय शीर्षकमा राखेको छ ।यस्तै अरु मिडियाले पनि नेपालका कान्छा किर्तिमानी क्रिकेटर भन्दै समाचार लेखेका छन् ।

पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक पूरा गर्दै अर्धशतक बनाउने विश्कै सबैभन्दा कान्छो खेलाडी बनेपछि भारतमा मात्र नभएर पाकिस्तानका मिडियाले पनि समाचार छापेका छन् । रोहितले ५८ बलमा सात चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।
तेन्दुलकर सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक (५९ रन) बनाउँदा १६ वर्ष २ सय १३ दिनका थिए । एकदिवसीय अन्तर्रा्ष्ट्रियमा भने यो कीर्तिमान अफ्रिदीको नाममा थियो । सन् १९९६ मा अफ्रिदीले श्रीलंकाविरुद्ध केन्याको नैरोबीमा ३७ बलमा शतक बनाउँदा १६ वर्ष २ सय १७ दिनका थिए ।
ब्याट्सम्यान रोहितले अन्तर्रा्ष्ट्रिय कीर्तिमान राखे भने सोमपाल कामी एकदिवसीयमा ५ विकेट लिने नेपालका पहिलो बलर बने । रोहितको अर्धशतक र सोमपालको ५ विकेटमा दुबई भ्रमणमा रहेको नेपालले यूएईलाई १ सय ४५ रनको भारी अन्तरले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्यायो । रोहितको ५५ रनमा नेपालले दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस जितेर निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो ।

सोमपालको धारिलो बलिङमा नेपालले यूएईलाई १९.३ ओभरमा ९७ रनमा अलआउट र्गयो । सोमपालले सुरुआतका चारै विकेट लिँदा यूएई सातौं ओभरमा २९–४ को स्थितिमा पुग्यो । यूएईको अन्तिम विकेट लिँदै उनले ५ विकेट आफ्नो नाममा लेखाए । सन्दीप लामिछानेले पनि ४ विकेट लिएका थिए ।

‘मैले यो कीर्तिमानबारे भर्खर थाहा पाएँ, सुन्दा आनन्द लाग्यो । मलाई यो सपनाजस्तो लागिरहेको छ । कीर्तिमान बनाउँछु भनेर कहिल्यै सोचेको थिइनँ,’ आफ्नो दोस्रो एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलिरहेका रोहितले भने, ‘मलाई ४० रनको करिबसम्म आफूले बनाएको स्कोर याद छ ।

त्यसपछि बिर्सिएछु, करण दाइ (केसी) ले भनेपछि मात्र अर्धशतक पूरा गरेको थाहा पाएँ र ब्याट उठाएँ ।’गतवर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ बाट रोहित नेपाली टोलीमा आएका हुन । शुक्रबार पहिलो खेलमा उनी टोलीमा परेका थिएनन् । नेपालले उक्त खेलमा १ सय १३ रनमात्र बनाएर ३ विकेटको हार बेहोरेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ४ : ०७ बजे