२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

प्रधानमन्त्री निवास अघि सिठी जुलुस गर्ने आधा दर्जन बढी नेविसंघका कार्यकर्ता पक्राउ



काठमाडौं ।
प्रधानमन्त्री निवासअघि सिठी जुलुस गर्ने आधा दर्जन बढी नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
जबर्जस्ती चिकित्सा शिक्षा विधेयक स‌ंसदबाट पारित गरेको तथा नेपाली कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको खारेजी गर्ने सरकारको निर्णयको विरोध गर्दै नेविसंघले आज सिठी जुलुस निकालेको हो।

जुलुसमा सहभागी नेविसंघका पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, केन्द्रीय सदस्य सशील भट्ट, निरञ्जन थापासहितका आधा दर्जनभन्दा बढी विद्यार्थीहरु पक्राउ परेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेटअघि विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ८ : ३७ बजे