५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सैनामैनामा ४३ कानून निर्माण



मायादेवी अनलाइन, खस्यौली ।
सैनामैना नगरपालिकाले अहिलेसम्म ४३ कानून निर्माण गरेको छ । तीमध्ये २० विभिन्न ऐन, चार नियमावली, १९ कार्य्विधि र निर्दे्शिका रहेका छन् । त्यीमध्ये फोहरमैला व्यवस्थापन ऐन २०७४, नगरपालिका शिक्षा ऐन २०७४, नगरपालिका संस्था दर्ता ऐन २०७५, कृषि व्यवसाय प्रर्वद्धन ऐन २०७४ बढी प्रभावकारी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कार्य्विधि तथा निर्दे्शिकामा टोल विकास संस्था सञ्चालन कार्य्विधि २०७४, नगरपालिका पदाधिकारीको आचारसंहिता २०७४, फोहर व्यवस्थापन कार्य्विधि २०७४ पनि प्रभावकारी देखिएको नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“केन्द्रको कानूनसँग नबाझिने गरी निर्माण भएका कानूनले दिनहुँ कार्यसम्पादन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो । अधिकांश कानून राजपत्रमा प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  १२ : २४ बजे