५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तीन स्थानीय तहमा जवाफ देहिता निगरानी समिति गठन



गीता पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिबराज नगरपालिकाको चन्द्रौटामा एक कार्यक्रमका बीच जवाफ देहिता निगरानी समिति गठन गरिएको छ । शिबराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका गरी तिन स्थानीय तहका लागि जवाफ देहिता निगरानी समिति गठन गरिएको हो ।
जसमा शिबराज नगरपालिकाको लागि मिना परियारको संयोजकत्वमा ११ सदस्यि निगरिानी समिति गठन भएको छ । जसको सचिवमा संजिव गहतराज, सदस्यहरुमा दिपक खड्का, ज्याती पुन, दिपक केसि, गीता पौडेल, कृष्ण गैरे, नेत्र बेल्बासे, समा जि.सि, शारदा पुन र मायाँ बस्नेत लगायत अन्य सदस्यमा रहनुभएको छ ।
त्यस्तै कृष्णनगर नगरपालिकाको लागि राम प्रकाश चौधरी संयोजकमा २० सदस्यिय समिति गठन भएको छ । जसको सचिवमा बसन्ती शर्मा सदस्यहरुमा अब्दुल्लाह खान, राजु रैदास, दिनेश मौर्या, अरबिन्द यादब, वेगराज चौधरी, राज कुमार यादब, कौशल किशोर यादब, महेन्द्र कुमार धोबी, आस्मा खातुन, प्रमिला चौधरी, राज कुमार हरिजन, सोनु चौधरी, रिखिराम हरिजन, शिब पुजन कोहार, रमेश कुमार यादब, केशर बिश्वकर्मा र मधु खड्का रहनुभएको छ ।
विजयनगर गाउँपालिकामा पनि शिव कुमार कलवारको संयोजकत्वमा निगरानी समिति गठन भएको छ । जसको सचिवमा पुजा परियार सदस्यहरुमा चित्र बहादुर वलाल, मक्सुद हुसेन खान, बिजय प्रसाद यादब, हुम कला सुनार, अन्जु चौधरी, घनश्याम भर, पिपा राना भराम, शान्ति चौधरी, आशा चन्दा र बोहोरा खत्रि रहनु भएको छ ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका भित्र रहेका मानब अधिकारको क्षेत्रमा काम संघ सस्ंथाहरुको, प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, मानब अधिकारकर्मी, महिला अधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागितामा निगरानी समिति गठन भएको हो ।
कार्यक्रमको सहजीकरण गर्दै मधेश मानब अधिकार गृह माहुरी होमका सदस्य प्रेम जयसवालले मानब अधिकार के हो ? अधिकारका बिशेषता, मानब अधिकार उल्लंघन तथा अपराध के के हुन सक्छन ? मानब अधिकार अबधारणाको उत्पति र बिकास कसरी भयो लगायतको विषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा माहुरी होमका कार्यक्रम बसन्त बञ्जाडेले सरकारी र गैर सरकारी संस्थाबाट सुचना लिन पाउनु जनताको अधिकार रहेकाले जनतालाई सु–सुचित गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  २ : ५९ बजे