१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

विजयनगर गाँउपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गर्ने



दिपक खड्का, चन्द्रौटा ।
विजयनगर गाँउपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्ने भएको छ । परिचयपत्र वितरणका लागि धमाधम काम भैरहेको गाउपालिकाले जनाएको छ । गाँउपालिका भित्रका सातै वटा वडालाई आफनो वडामा रहेका अपाङ्गता भएका व्यतिmहरुको लगत तयार गर्न निर्देशन दिएको छ । साथै यहि फागुन १५ गते सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरू लाई शिविर संचालन गरि परिचय पत्र वितरण गरिने स्थानिय अपाङ्गता समन्वय समितिका संयोजक तथा विजयनगर गाँउपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले बताउनु भयो ।
विजय नगरगाँउपालिको तथ्याङ्ग अनुसार ५ सय २३ जना अपाङ्गता भएका व्यतिmहरु भएपनि २ सय ६४ जनाले परिचय पत्र महिला विकाश कार्ययालय कपिलवस्तु वाट प्राप्त गरेको अभिलेख छ । अब गाँउपालिकाले २५९ जनालाई शिविर मार्फत परिचय पत्र वितरण गर्ने महिला तथा बालबालिका शाखा प्रमुख सारदा शर्माले बताउनु भयो ।
महिला तथा बालबालिका कार्ययालय कपिलवस्तुले वितरण गरेको परिचय पत्र प्राप्त १ वर्ष भित्र स्थानिय तहवाट लिनु पर्ने कार्य्विधिमा उल्लेख गरिएको छ । स्थानिय तहको निवार्चन भएको १ वर्ष पछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले स्थानिय तहमा परिचय पत्र वितरण कार्य्विधि २०७५ को नमुना ढाँचा पठाएको छ । अब सम्पुर्ण स्थानिय तहले अपाङ्गता समन्वय समिति गठन गरि अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र वितरणको वाटो खुलेको महिला तथा बालबालिका कार्ययालय तौलिहवा प्रमुख कमला पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : १३ बजे