१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कपिलवस्तुको महाराजगंजमा बिष्णु महायज्ञ सुरू



मनिष गुप्ता, महाराजगंज ।

कपिलवस्तु जिल्लाको महाराजगंजमा पहिलो पटक बिष्णु महायज्ञ सुरु भएको छ । आज देखी सुरु भएको महायज्ञ फाल्गण २० गते सम्म चल्ने आयोजकले जनाएको छ । ९ दिन सम्म चल्ने बिष्णु महायज्ञमा बिहान ७ बजे देखि दिउसो १२ बजे सम्म हवन पुजा नित्य, २ बजे देखि ५ बजे सम्म श्रीराम कथा र राति ८ बजे देखि १२ बजे सम्म रासलिला एंवम मंचन हुने कार्यक्रमका अध्यक्ष श्याम सुन्दर चौधरीले जनाकारि दिए ।

महायज्ञमा कुल ५ सय क्लसहरूको पुजा गरिने छ । क्लस महाराजगंजको पुर्व ५ किलोमिटरको दुरीमा रहेको बाणगंगा नदि

महायज्ञमा कुल ५ सय क्लसहरूको पुजा गरिने छ ।

क्लस महाराजगंजको पुर्व ५ किलोमिटरको दुरीमा रहेको बाणगंगा नदि वाट जल भरी र्पैदल यात्रा गरि महिलाहरू महाराजगंज अवस्थित राम जानकी मन्दिर सम्म पुगि पुजाआर्चना गर्ने छन् ।
बिष्णु महायज्ञमा भारतको अयोध्या बाट बिरेन्द्र कुमार दुबेदी आर्चाय र चित्रकुट बाट संत सरणमान मधुरले पुजापाठ गर्ने चौधरीले बताए । कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाटा प्रदेश सभामा निर्वा्चित दिर्घ नारायण पाण्डेले महायज्ञको उद्घाटन गर्नुभएको हो । महायज्ञमा उपस्थित भई पुण्य आर्जन गर्न आयोजकले भक्तजनलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  १० : ५८ बजे