१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

स्कार्रपियो चढेनन बरु एम्बुलेन्स किनेर जनताको सेवा गरे !



गुल्मी । 

प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेर उदाहरण प्रस्तुत गरेको छ ।

सो गाउँगाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गर्नुभएको हो । ‘गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भन्नुभयोे, ‘उहाँले मान्नु भएन, विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।’

उहाका अनुसार मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको  दुई वटा एम्वुलेन्सको मूल्य २१ लाख १४ हजार रहेको छ । एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा  खुशी भएका छन् ।

गाउँपालिकाले भाडाको गाडी समेत सकेसम्म लिँदैन । अनुगमन र कतै जान परे मात्र निश्चित समयका लागि गाडी लिने गरिएको भण्डारीले बताउनुभयो । गाउँपालिका प्रमुख केसीले  यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।  जिल्लाका अन्य सवै स्थानीय सरकार प्रमुखहरुले भने गाडी खरिद गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  १ : ०६ बजे