४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुमा पेस्तोल र अवैध औषधिसहित २ जना पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णनगर नगरपालिका ९ बहादुरगंज बस्ने २९ वर्षीय बजरंगी कुर्मीलाई प्रहरीले कटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान शंकाका लागि चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए। यता कपिलवस्तु प्रहरीले कृष्णनगर नगरपालिका(६, भिल्मिबाट अवैध औषधिसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान भन्सार छलि अवैध रुपमा साइकलमा जुटको बोरामा राखी एक लाख मूल्यको औषधिसहित भारत सिद्धार्थनगरका ३० वर्षीय सुरज मौर्यलाई पक्राउ गरेको हो।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरटघघडढ

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  ९ : २४ बजे