२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

दार्चुला दुर्घटना अपडेटः मृतक ११ जनाकै शव निकालियो, सनाखत हुन बाँकी



दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो । सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
दार्चुला–तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।जिप दुर्घटना भएको बाटो जोखिमपूर्ण रहेको भन्दै बन्द गरिएको बाटो थियो । प्रहरी निरीक्षक कठायतका अनुसार जोखिमपूर्ण रहेको र निर्माणको काम पनि जारी रहेकाले बन्द गरिएको थियो । गाडी चलाउन प्रतिबन्ध थियो ।जिप सडकबाट झण्ड पाँचसय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  १ : ३८ बजे