२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रचण्ड र बादल संसदीय व्यवस्थाको पुच्छर बनेः नेकपा क्रान्तिकारी माओवादी नेता पोख्रेल



मायादेवी अनलाइन ।
सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य धनेश्वर पोख्रेलले हिजोका जनयुद्धका नाइकेहरुले जनक्रान्तिमाथि घात गरेको आरोप लगाउनु भएको छ ।
पार्टीनिकट जनगणतान्त्रिक मुक्ति मोर्चाले सुरु गरेको मेची महाकाली अभियानको आज कपिलवस्तुमा सम्बोधन गर्दै केन्द्रिय सदस्य पोख्रेलले सो आरोप लगाउनु भएको हो । चार नम्बर जितपुरमा भएको कोण सभालाई सम्बोधन गर्ने क्रममा पोख्रेलले मुख्य गरी पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा बादल र बाबुराम भट्टराइहरुले नेपाली क्रान्तिमाथि धोका दिएर सत्तालिप्सामा फसेको आरोप लगाउनु भयो ।

अधिकांश समय प्रचण्ड र बादलको आलोचनामा खर्च गर्नु भएका पोख्रेलले १० बर्षे जनयुद्ध लडेका नायक भनिनेहरु अहिले खलनायक सावित भएको बताउनु भयो । जनयुद्धको बेला जनताका छोराछोरीलाई बम र बन्दुक पड्काउन सिकाई सेनापुलिस संग लड्ने सिकाउनेहरु नै आज त्यही व्यवस्थाको दास र पुच्चछर बनेको भन्दै पोख्रेलले आक्रोस पोख्नुभयो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली भूमि मिचिदा पनि वर्तमान केपीओली सरकारले टुलटुले हेरेर बसेको हुनाले अहिलेका शाषकबाट देशको राष्टियता सुरक्षित हुन नसक्ने उहाँको जिकिर छ । ओली, प्रचण्ड र बादलहरु अमेरिकी साम्राज्यबाद र भारतीय विस्तारबादमा लम्पसार परेकाले अब आफूहरुले त्यसको डटेर त्यसको सामना गर्ने उहाँले बताउनु भयो । आफूहरुसंग स्पष्ट राजनैतिक दर्शन र विचार रहेको भन्दै नेता पाख्रेलले ढिलोचाँडो जनताले त्यसलाई बुझ्ने बताउनु भयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  २ : ५० बजे