७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जिफन्टद्धारा श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम आयोजना



सरिता क्षेत्री, वाणगंगा ।
१०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कपिलस्तुमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न राजनैतिक दलका भातृसंगठनले शुक्रबार विभिन्न कार्यक्रम गरे । यसैबीच नेपाल ट्रेड युनियन महासघं जिफन्टले वोडगाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य स्वयमसेविका संघ केन्दीय महासचिव प्रभादेवी पौडेलले महिलाहरु आफनो हक हितको लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रलेले श्रमिक वर्गको आवाजलाई बुलन्द गर्ने पार्टी नेकपा भएको बताउनुभयो ।
उहाले हत्याहिंसा, बलात्कार जस्ता आपराधिक कृयाकलापमा संलग्न पार्टीका कुनैपनि नेता तथा कार्यकतालाई संरक्षण नदिने स्पष्ट पार्नुभयो । सामाजिक आपराधिक कृयाकलापमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा बुद्धभूमि नगर संयोजक पिताम्बर खनाल, जिफन्ट वाणगंगा नगर कमिटी सदस्य दानु घर्ति मगर, सुसिला दर्लामी, भोजराज थारु, कर्ण बहादुर लामा, पार्वती पुरी, दिपक कुमार भट्राई, कमला खनाल लगाएतले बोल्दै महिलाहरुको हक अधिकारको बारेमा बोल्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ५ : ०५ बजे