३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

नगर प्रमुख सिंह विरुद्ध उत्रने उपप्रमुख लक्ष्मी गुप्ताको चेतावनी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले आयोजना गरेको नारी दिवसको अवसरका गरिएका सवै कार्यक्रमहरु प्रति नगर उपप्रमुख लक्ष्मी गुप्ताले विरोध जनाउनु भएको छ ।
नगर प्रमुख किरण सिंहले नारी दिवसको कार्यक्रममा आफुलाई उपेक्षा गर्दै कुनै जिम्मेवारी नदिएको भन्दै उप प्रमुख गुप्ताले यस्तो विरोध जनाउनु भएको हो ।
नगर उपप्रमुख गुप्ताले संचारकर्मीहरुसंग कुरा गर्दै नगरपालिकाका प्रमुख किरण सिंहको कार्यशैली प्रति असन्तुष्टी व्यक्त गर्दै समन्वय र सहकार्य गरी अघि बढ्न नगर प्रमुख सिंहलाई आग्रह गर्नु भएको छ ।
पटक पटक आफुलाई उपेक्षा गरी नगरका गतिविधी नगर प्रमुखले गर्दै आउनु भएको प्रति नगर उप प्रमुख गुप्ताले आपत्ति जनाउनु भएको छ । अब उपरान्त नगरपालिकाका हरेक काम सहमति र सहकार्यबाट अघि नबढाए आफु बाध्य भई नगर प्रमुख सिंहको विरुद्ध उत्रने नगर उपप्रमुख गुप्ताले चेतावनी समेत दिनु भएको छ ।
नगर उप प्रमुख गुप्ताले अन्तराष्ट्यि नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गर्दै आफु सदैव महिला हक हित र अधिकारका लागि अग्रसर रहने बताउनु भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  १ : ४६ बजे