३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

पाल्पाका ८१ मध्ये ३० वडा सचिवविहीन, सेवाप्रवाहमा समस्या



पाल्पा ।
पाल्पाका १० स्थानीय तहका ८१ वडा मध्ये ३० वडामा, वडा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । वडा सचिवको अभावमा प्रशासनिक कार्य सम्पादनका काममासमेत समस्या भएको छ ।
अनुभव र विषय समेत नमिल्ने कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएपछि काममासमेत ढिलाई भैरहेको स्थानीयले गुनासो गरेका छन् । वडा सचिव नभएपछि स्वास्थ्यकर्मी र खानेपानी प्राविधिकलाई वडा सचिवको जिम्मा दिइएको निस्दी गाँउपालिकाका अध्यक्ष मुक्तबहादुर सारु मगरले जानकारी दिनुभयो ।
गाउँपालिकाको ७ वटै वडामा वडा सचिव नहुँदा वडा नं १ मा खानेपानी प्राविधिकले, वडा नम्बर २, ३, ६ र ७ मा स्वास्थ्यकर्मीले, वडा नम्बर ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा र वडा नम्बर ५ मा कार्यालय सहायकले वडा कार्यालयको कामकाज सम्हालेको अध्यक्ष सारुले बताउनुभयो ।
जिल्लाका सबैजसो वडा, नगर र गाँउपालिकाको कार्यालयमासमेत कर्मचारीको अभाव हुँदा नागरिकका चाहाना अनुसार काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ३ : १५ बजे