३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

विजयनगर गाउँपालिकाको चौँथो गाउँसभा सकियो



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको चौँथो गाउँसभा भएको छ । मंगलबार सम्पन्न भएको गाउँपालिकाको गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमहरु पारित गरेको छ । जस अन्तरर्गत, कर सम्बन्धि र न्यायिक सम्बन्धि नयाँ योजनाहरु ल्याएको छ । गाउँसभाले साक्षरता अभियान, जनता उद्घार उपचार कोष, महिला समुह सहकारी चालु कोष र टोल बस्ती पहिचान लगायत सुविधाजनक विविध कार्यक्रमहरु पारित गरि कार्यान्वयनमा ल्याउने अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

गाउँ सभाले निशूल्क सेवा प्रदान अन्तर्रगत नागरिकता, प्रतिलिपि, जेष्ठ नागरिक, अविबाहित, एकल महिला, विपन्न महिला, दलित, बसाइसराई आउने, छात्रबृत्ति, अपांग, सम्बन्ध विच्छेद, दैवी प्रकोप र द्धन्द्ध पिडित लगायत विभिन्न सिफारिसहरु निशूल्क प्रदान गर्ने भनि निर्णय गरेको छ ।

यस्तै २२ वर्षसम्म पुगेका नागरिकहरुलाई निशूल्क नागरिकता सिफारिस गर्ने जस्ता उत्कृष्ट योजना समेत सभाले ल्याएको छ । कार्यक्रम गाउँ कार्यपालिकाकी सदस्य नितु दर्जीको स्वागत मन्तव्य तथा नायब सुब्बा सुबास चन्द बराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ४ : ४५ बजे