३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

‘नगरको खेलकुद विकासको लागि योजना बनाउँदै छौं’



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरको खेलकुद विकासको लागि आफूले योजना बनाइरहेको बताउनु भएको छ । पछिल्लो समय विश्वमै खेलकुदको महत्व बढेको दर्शाउँदै मेयर थारुले भौतिक पूर्वाधारमा जस्तै नगरले खेलकुदको विकासमा पनि जोड दिने बताउनुभयो ।
नगरको वडा नम्बर ४ ले आयोजना फुटवल प्रतियोगिताको आज उद्घाटन गर्दै मेयर थारुले खेलकुदका प्रतिभा पहिचान गर्न नगरमा अन्य खेलकुद गतिविधि पनि गर्न आवश्यक रहेको औँल्याउनु भयो । यस महिनाभित्रै दोश्रो मेयरकप हुन लागेकाले यो प्रतियोगिताबाट उत्कृष्ट खेल पस्कने हरेक टोलका खेलाडीलाई खेल्ने अवसर दिइने बताउनु भयो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नगरउपप्रमुख चक्रपाणी अर्याल, जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मी मगर, नगर प्रवक्ता विष्णु पौडेल, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, संचार उद्यमी विष्णु न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सिद्धिपुर टोल विकास समितिका सचिव दिनेश क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  १ : ४३ बजे