१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

वाणगंगा नगरकार्यपालिकाको वैठक बस्यो, यस्ता भए महत्वपूर्ण निर्णय



दीपा महत, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा नगरपालिकाको चौथो नगरसभा यही चैत्र २२ गते हुनेभएको छ । मंगलबार नगरपालिकामा सम्पन्न नगरकार्यपालिकाको वैठकले उक्त निणर्य गरेको हो । साथै बैठकले अन्य विभिन्न महत्वपूर्ण निणर्यपनि गरेको छ ।

बुधबार विहान ८ बजे वडा नम्बर २ मा हुने नगरसभाको कामलाई ब्यवस्थित बनाउनका लागि समिती पनि गठन गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित समितीको सदस्यमा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त र प्रशासन शाखा अधिकृत केशबराज भट्राई सदस्य रहनुभएको छ ।

यसका साथै झण्डा, बनगाई, भलवाड हुँदै डोहोटे जोड्ने सडक कालोपत्रेका लागि पहल गर्न नगर प्रमुख मंगल प्रसाद थारुको नेतृत्वमा उपप्रमुख चक्र अर्याल, वडा नम्बर २, ५, ४, ९ र ७ का वडा अध्यक्ष बुधबार नै प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा डेलिगेसन जानु हुने भएको छ ।

साथै बैठकले नदीजन्य पदार्थ उत्खनन्का लागि नगरप्रमुख थारुको संयोजकत्वमा स्थानीय अनुगमन समिती गठन गरेको छ । समितीको सदस्यहरुमा वडा नम्बर १, २, ४, ७, ८, ९ का वडा अध्यक्ष र नगरपालिकाका इन्जिनियर सुरज घिमिरे हुनुहुन्छ भने वैठकले विभिन्न कारणले नक्सापास रोकिएका घरहरुको अवस्था अध्धयन गरी यसको फुकुवा रोक्का सिफारिसका लागि समिती पनि गठन गरेको छ ।

यस्तै वैठककले श्रृङ्गीघाट सिंचाई आयोजना मर्मत कार्यलाई सहजीकरणका लागि नगर उपप्रमुखको संयोजकत्वमा समिती गठन गरेको छ भने हाल सम्म पनि पुराना घरहरुको  अभिलेखिकरण पूर्ण रुपले सम्पन्न हुन नसकेको भन्दै असार मसान्त सम्म अभिलेखिकरण गर्ने निणर्य गरेको छ ।

यसै वैठकले दोस्रो मेयर कप फुटबल संचालन गर्ने भएको छ । यही चैत्र  १५ गते देखी २० गते सम्म दोस्रो मेयर कप फुटबल र चैत्र २५ देखी २७ गते सम्म राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता  संचालन गर्ने प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

दुवै प्रतियोगिता संचालनका लागि वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसालको संयोजकत्वमा वडा नम्बर १, २, ४ का वडा अध्यक्ष र नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी सदस्य रहेको समिती गठन गरेको छ । वैठक नगरप्रमुख थारुको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५ बुधबार ००:००  ३ : ०५ बजे