३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

स्थानीय तहमै छैन ल्याण्डलाइनको पहुँच, सम्बन्धित निकायको ध्यान खै ?



अराज बेल्बासे, कपिलबस्तु ।
बिजयनगर गाउँपालिकाको क्षेत्रमा ल्याण्डलाइन फोनको सेवा नहुँदा समस्या भएको छ । स्थानीय तह भए सँगै गाउँपालिकामा बैंक, रेडियो स्टेशन तथा बिभिन्न ब्यापारिक संस्थाहरु सञ्चालनमा आए पनि ल्याण्डलाइन सेबा तथा इन्टरनेटको पहुँच हुन नसक्दा सानो कामको लागि पनि त्यस क्षेत्रका सर्वसाधारण चन्द्रौटा, कृष्णनगर जान बाध्य भएका छन ।
गाउँपालिकामा नेपाल टेलिकमले ल्याण्डलाइन फोन तथा एडीएसएल सेवा सञ्चालनको लागि बिभिन्न ब्यक्ति तथा संस्थाले पहल गर्नको लागि पटक पटक अनुरोध गरेको बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
ल्याण्डलाइन सेवा सञ्चालनकोे लागि गाउँपालिकामा रहेका बिभिन्न ब्यक्ति तथा संस्थाहरुको हस्ताक्षर सहितको माग पत्र नेपाल टेलिकम कृष्णनगर शाखा तथा क्षेत्रिय कार्यलय भैरहवामा प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । फोन तथा इण्टरनेट सहज नहुँदा व्यापार व्यवसाय सञ्चालन गर्न तथा सरकारी कामकाज गर्न पनि समस्या भएकाले माग पत्र प्रदान गरेको थापाले बताउनु भयो ।
गाउँपालिकाका ल्याण्डलाइन सेवा नहुँदा सामान्य काममा समेत सास्ती खेप्नु परेको स्थानीय रेडियो बिजयनगरका अध्यक्ष राम प्रघटकोरीले बताउनु भयो । “फोन तथा इन्टरनेट सेवाको लागि निकै समस्या छ सिडियमए सेटबाट फोन गर्न समेत घण्टैलाग्ने तथा काम नगर्ने समस्या छ” कोरीले भन्नु भयो ।
ल्याण्डलाइन तथा इण्टरनेटमा पहुँच भएपछि गाउँपालिकामा सुशासन कायम गर्न सजिलो हुने तथा पालिका केन्द्रको व्यापार व्यवसायमा पनि वृद्धि हुने उहाँको भनाइ छ ।
फोन तथा इन्टरनेट सेवा नहुँदा निकै समस्या बैकंलाई पनि भएको छ । स्थानीय प्रभु बैक शाखा प्रमुख आनन्द बस्नेतले शाखा सञ्चालन भए देखीनै गाउँपालिकालाई पहल गर्न अनुरोध गरेको बताउदै बैकंमा धेरै फोनको काम पर्ने भएकोले पनि निकै प्रभाबित भएको बताउनु भयो ।
लाइन नभएको समयमा मोबाइलको टावरले समेत काम गर्ने भएकोले निकै समस्या भएर बताउदै बैंक मात्र नभएर शौक्षिक संस्था सरकारी कार्यालयहरुलाई समेत ल्याण्डलाइन सेवाको आश्यकता रहेको बताउनु भयो ।
यस्तै नेपाल टेलिकम कृष्णनगरका प्रमुख सन्जुकुमार बरइले आफ्नो कार्यक्षेत्र रहे पनि भैरहवा कार्यालयको अनुमति पाए पछि मात्र काम गर्न सकिने बताउनु भयो । बिजयनगरबाट ल्याण्डलाइको लागि पहल भएको बताउदै भैरहवा कार्यालयमा जानकारी समेत गराएको बरइले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : ०८ बजे