१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

धार्मिक कार्यले मानिसलाई अनुशासित मार्गमा लैजान्छः प्रदेश प्रमुख झा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ नन्दनगरमा सोमबारदेखि एकहप्ते भविष्यपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ संचालन भएको छ । वैदिक सत्य सनातन धर्म एवं सस्कृतिको संरक्षण र गूरुकुलिय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यले एकहप्ते ज्ञान महायज्ञ संचालन भएको हो ।
महायज्ञको उद्घाटन प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले गर्नुभएको छ । महायज्ञको उद्घाटन गर्दै प्रदेश प्रमुख झाले धार्मिक विश्वासले सहि बाटोमा लैजान सहयोग पुग्ने बताउनुभयो । धार्मिक स्थलमा जति हामी विश्वास गर्दछौं त्यति धेरै फाइदा र ज्ञान आर्जन हुने झाँले बताउनुभयो ।
उहाँले आफु बसेको सर्लाहीको समरपुर गाउँको उदाहरण दिदै गाउँका केही व्यक्तिलाई कुलत व्यवहारबाट हटाउन धार्मिक अनुष्ठानले धेरै नै सहयोग पुगेको बताउनुभयो । धार्मिक अनुष्ठान प्रति रुची राख्नुपर्ने बताउदै झाले आध्यात्मिक कार्यले सवैको भलो हुने बताउनुभयो ।
त्यसै क्रममा प्रदेश साँसद विष्णु पन्थीले भौतिक संरचना र विज्ञानको चमत्कारले मात्र राष्ट समृद्ध नहुने बताउनु भएको छ । जवसम्म धर्म संस्कार, सँस्कृति र परम्परा संरक्षण गर्न सकिदैन तव सम्म समुदायमा प्रेम र सद््भाव पनि कायम हुन नसक्ने बताउनुभयो ।
महर्षी फाउण्डेशनका केन्द्रिय अध्यक्ष दिपक बास्कोटाले आध्यामिक ज्ञानले मात्र जीवनले पूर्णता पाउने बताउनुभएको छ । आजका वैज्ञानिकहरु आध्यात्मिक ज्ञानबाट अघि बढेको बताउदै वैदिक ज्ञानले नै विश्वमा दिगो शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, भिष्म प्रसाद भुसाल, नगर प्रमुख मंगल प्रसाद थारु लगाएतले कैलाश आश्रम र गुरुकुल शिक्षाको विकास र प्रवर्धनमा नगरले सहयोग गर्ने बताएका थिए । ज्ञान महायज्ञमा कैलाश आश्रमका संरक्षक श्री १००८ स्वामी लोकानन्द महाराज, प्रमुख जिल्ला अधिकारी, नारायणदल गणका प्रमुख सेनानी लगाएतको उपस्थिती रहेको थियो ।
महायज्ञको उद्घाटनका क्रममा विभिन्न साँस्कृतिक भेषभुसासहित भक्तजनहरुले कलश यात्रा गरेका थिए । सोही अवसरमा एकहजार आठ कन्यालाई टिका लगाई कन्या पुजन गरिएको छ । चैत्र ११ देखि १७ गते सम्म संचालित हुने श्रीमद्भागवतको कथा बाचन पण्डित दिपक सापकोटाले गर्नुहुनेछ ।
गुरुकुलका १८ व्राह्मणद्धारा दैनिक हवनकुण्ड पुजन, संगीतमय भजनकृतन तथा कथा बाचन हुने कैलाश आश्रम गुरुकुल विद्यापीठका अध्यक्ष रबीराज ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  १ : ४४ बजे