११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बुद्धभूमिमा लक्षित बर्गका विभिन्न तालिम सञ्चालन



कपिलवस्तु, ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा लक्षित बर्गका विभिन्न सीपमूलक तालिम सञ्चालन भैरहेका छन् । जस अन्तर्रगत आज इमिलियामा एक कार्यक्रमका बीच महिलाहरुका लागि एक महिने बुटिक निर्माण तालिम सुरु भएको छ । तालिमको नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
“सिप सिकौ स्वरोजगार बनौं” भन्ने मुल नाराका साथ सुरु भएको तालिममा ३५ जना महिलाहरुको सहभागीता रहेको छ । नगर स्तरीय कार्यक्रम अन्तर्रगत सुरु भएको तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले महिला सशक्तीकरण हुन आवश्यक भएकाले नगरले लक्षित कार्यक्रमहरू आयोजना गरेको बताउनुभयो ।
नगरले आगामी दिनमा पनि यस्ता प्रकारका तालिम आयोजना गर्ने भन्दै तालिम भने जीवन उपयोगी हुनुपर्नेमा जोड दिनुभयो । तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो ।
तालिमको सहजीकरण वहुआयामिक सेवा केन्द्र बुद्वभूमि २ गोरूसिङ्गले गर्ने छ । केन्द्रकी अध्यक्ष सीता घिमिरेको अध्यक्षतामा भएको उद्घाटनसस्त्रमा वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने, वडा नं. ८ अध्यक्ष कपिलदेव तिवारी, वडा नं. ४ का अध्यक्ष पवन कुमार थारु, वडा न ३ का अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) को पनि उपस्थिती रहेको थियो ।
तालिमको उद्धेश्यबारे मदन लम्सालले प्रकाश पार्नुभएको थियो भने सहजीकरण अनिल अधिकारी गर्नुभएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  १२ : ३९ बजे