१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सामुदायिक बनहरु डढेलो नियन्त्रणमा एक जुट, रेनु सेनको अध्यक्षतामा समिति गठन



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको मोतीपुर सव डिभिजन बन कार्यालय मातहतका सामुदायिक बनहरु डढेलो नियन्त्रणका लागि एक जुट भएका छन् । चारनम्बरमा भएको एक कार्यक्रमबाट श्रृङ्गीघाट सामुदायिक बनकी अध्यक्ष रेनु सेनको अध्यक्षतामा मोतीपुर अग्नी नियन्त्रक संजाल गठन गरिएको हो ।

जसको सदस्यहरुमा नव प्रभात सामुदायिक बनकी राधा पौडेल, फूलबारी सामुदायिक बनका प्रेम नारायण पौडेल, मधुवन सामुदायिक बनका सालिक राम भुसाल, खैरनी चौर सामुदायिक बनकी मञ्जु महतारा, लक्ष्मणघाट सामुदायिक बनकी कौशिल्या चौधरी, मधौलीया सामुदायिक बनका धु्रव मल्ल, त्रिशक्ति सामुदायिक बनका दधिराम बस्नेत रहनुभएको छ । यस्तै सञ्जालमा मोतीपुर सव डिभिजन बन कार्यालयका प्रमुख उमेश कुमार शाह, विष्णु थारु र भुमिदत्त भट्टराई पनि रहनुभएको छ ।

यसैबीच मोतीतुर सव डिभिजन बन कार्यालयले आफ्ना मातहतका सामुदायिक बनहरुलाई डढेलो सम्बन्धि एक दिने गोष्ठि आयोजना गरेको छ । बनका कार्यालय प्रमुख शाहले बनमा आगो लाग्ने कारण, नियन्त्रणका उपाय, सम्भावना, आगो नियन्त्रणको अध्यास लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम श्रीङ्गीघाट सामुदायिक बनकी अध्यक्ष रेनु सेनको अध्यक्षता, सचिव कृष्ण प्रसाद पौडेलको सञ्चालन र टोल संयोजक राम प्रसाद पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । उक्त अवसरमा विष्णु चौधरीले बन डढेलो सम्बन्धि गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ३ : ३३ बजे