२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023

ओली सरकार माथि डिला संग्रौलाका आधा दर्जन आरोप !



मणि प्रसाद गैह्रे, तौलिहवा ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं संघीय सांसद डा.डिला संग्रैलाले बर्तमान केपी ओली नेतृत्वको सरकारले संस्थागत रुपमै भष्ट्रचार गरी राज्यकोषको दुरुपयोग गरेको आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा वोल्दै संग्रौलाले जनतालाई सवृद्धिको नारा दिएर सरकार कानुनको खिलाप गर्दै भष्ट्रचारमा लिप्त रहेको बताइन् । वाइडबोडी जाहज खरिद, ३३ किलो सुन काण्ड, वुढिगण्डकीको ठेक्का टेण्डर विना दिनु तथा प्रधानमन्त्रीले एकलैटी रुपमा अनुदान तथा कार्यक्रम मार्फत खर्च गर्दै जानुले पनी सरकारको काम संस्थागत रुपमा भष्ट्रचार गर्नु भएको प्रष्ट भएको उनले बताइन् ।
सरकारको काम सुशासन, शान्ति सूरक्षा जस्ता काम भएपनि हजारौ निर्मला पन्त जस्ता नारी बलात्कृत हुंदा सिंहदरवाट नै हत्यारालाई सरक्षण दिने काम भैरहेको उनले बताइन् । त्यस्तै बहुमतको दम्म नेपाली सेना सम्वन्धी ऐन जस्ता अन्य ऐनलाई समेत सरकारले एकलौटी रुपमा सदनमा दर्ता गराई सवैधानिक अगंहरुको क्षेत्र लगायतमा समेत हस्तक्षेत भएको उनले बताइन् ।
विप्लब संग वार्ता गरी समस्याको समाधान नगरी देशमा अराजगता फैलाउने तथा सिके राउत संग दोस्रो बुंदाको सम्झैौताले नेपालको राष्ट्यिता प्रति नै प्रश्न चिन्ह खडा गरेको समेत उनले बताइन । अव सरकारले गरेका काम अधिनायकवाद तथा जनता विरोधी भएको हुंदा नेपाली काग्रेंसले सदन, सडकवाट आन्दोलन गर्ने तयारी भएको समेत संग्रौलाले बताइन ।
सो अवसरमा नेपाल महिला संघकी कोषाध्यक्ष जानकी सिंह प्रदेश सभा सदस्य रिना नेपाल, महिला संघ केन्द्रिय सदस्य गिरिजा न्यौपाने, इन्द्रिरा भट्राई,जिल्ला अध्यक्ष मिना केसी, जिल्ला समन्यव उप संयोजक तारावती चौधरी, कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता, बुद्धभूमि नगरपालिकाकी उप प्रमुख मिरा थारु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  २ : ४६ बजे