२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

नन्दनगरको महायज्ञमा दर्शनार्थीको घुँइचो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा जारी श्री भविष्य पुराण पाठपारायण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ २०७५ मा दर्शन गर्नेहरुको भीँड लागेको छ । बुधबार तेश्रो दिनसम्म हजारौँ भक्तालुले महायज्ञको अवलोकन गरेका छन् । श्री कैलाश आश्रम गुरुकुल संरक्षण समितिको आयोजनामा नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट बैदिक सनातम भर्म संस्कृतीको प्रवर्धन गर्दै सु संस्कृत एंव सभ्य समाजको निर्माण गर्ने मुख्य उद्धेश्य राखिएको हुँदा सबैले महाज्ञमा सहयोग गरिरहेका छन् । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रविराज ज्ञवालीले जिल्लाका सबैजसो सथान र रुपन्देहीबाट पनि भक्तालुको साथ र सहयोग रहेको बताउनु भयो ।

१७ गते सम्म हुने महायज्ञको प्रमुख वाचकमा दिग्दर्शक बाचन शिरोमणी दिपक सापकोटा रहुनभएको हुँदा पनि भक्तालुको भीँड लागेको छ । उहाँको संगितमय कथा प्रवचन र कथा वाचनलाई धेरैले मन पराएको पनि उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ब्रह्मनिष्ठ तत्वोदर्शी सन्त शिरोमणी श्री एक हजार आठ स्वामी लोकानन्द जी महाराज महायज्ञको संरक्षक हुनहुन्छ । महायज्ञमा भविष्य पुरायण पाठ पारायण श्रीमद् भागवत पाठ पारायण, दीप प्रज्जवनल, वेद पाठ पारायण, सतचण्डी अनुष्ठान, धनधान्याञ्चल, तुलादान, पितृउद्धार लगायतका कार्यक्रम भइरहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ४ : २८ बजे