१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मायादेवीलाई चैत मसान्त सम्म खुला दिसा मुक्त क्षेत्र घोषणा गरिदै



मायादेवी अनलाइन, पकडी ।
मायादेवी गाउँपालिका पकडी कपिलवस्तुलाई यही चैत मसान्त भित्र एक भव्य समारोहका बीच खुला दिसा मुक्त क्षेत्र घोषणा गरिने भएको छ । जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति कपिलवस्तुबाट भएको अनुगमनबाट सो गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको छ ।
मायादेवी गाउँपालिकामा रहेका कुल ८ वटा वडा मध्ये ७ वटा वडा अभिराव, फुलिका, पिपरा, बलुहवा, डुमरा, हरनामपुर र बिजुवा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेका छन् । बाँकी रहेको मायादेवी गाउँपालिका वडा नं. १ पकडी सहित सम्पुर्ण गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।
सोही सन्दर्भमा मायादेवी गाउँपालिकाको वडा नं. १ को बरही, इमिलिया र पिचुर्खीमा अनुगमन गरिएको छ । करिब ११ सय घरधुरी रहेको वडा नं. १ का प्रायः सबै घरमा शौचालय निर्माण कार्य सम्पन्न भएको वडा नं १ का वडाध्यक्ष हरिगोविन्द चौधरीले जानकारी दिनुभएको छ ।
जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा गरिएको सो अनुगमन टोलीमा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरी, मायादेवी गाउँपालिकाका उपाध्यक्ष गीता तिवारी, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैसस महासंघ कपिलवस्तुका अध्यक्ष प्रविन कुमार श्रीवास्तव, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका इञ्जिनियर खरानन्द ईसर, जिल्ला समन्वय समितिका इञ्जिनियर राजेश गुप्ता लगायतले अनुगमन गर्नुभएको मायादेवी गाउँपालिका वडा नं. १ का वडा सचिव शिवगुलाम कलवारले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ३ : ४३ बजे