४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

लोभी बन्दै जनप्रतिनिधि, किसानलाई दिएको अनुदानको गाई समेत आफै राखे



 मायादेवी अनलाइन, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं. ५ वडा कार्यालयले कृषि तर्फ किसानका लागि दिने भनि खरीद गरेको ५ वटा गाई मध्र्य ३ वटा गाई मात्र किसानलाई बितरण गरिएको छ ।

नगरपालिकाका बिष्णु बन्जाडे, चुरामणि भण्डारी, पशुपति बन्जाडेले अनुदान स्वरुप गाई पाएका हुन् । वाँकी २ वटा गाई मध्ये १ गाई वडा अध्यक्ष तुल्सीराम बेल्बासे र १ गाई वडा सदस्य शिब बन्जाडेले नै आफै राखेको स्थानीयबासिले गुनासो गरेका छन । वडा कार्यालयले कृषकलाई अनुदान स्वरुप गाई खरिदका लागि रु ३ लाख छुटाएको थियो । सो रकमबाट किसानलाई थोरै भए पनि टेवा पुराउने उद्देश्यका साथ रकम बिनियोजन गरिएको थियो ।

वडा अध्यक्ष बेल्बासेले केही समय अगाडी खेलकुद मैदानमा काम गर्ने मजदुर रामु केसिले काम गरे बापत पाउनु पर्ने ज्याला माग्न जाँदा वडा कार्यालय मै बेल्बासेले कुटपिट गरेका थिए । सो घटनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मिलापत्र गराएको थियो ।

यतिबेला वडा अध्यक्ष बेल्बासे प्रति स्थानियहरु समेत असन्तुष्टी रहेका छन । उनले हरेक कृयाकलापमा पुर्वाग्राही राख्ने तथा आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गर्ने गरेको आरोप उनि माथी लागेको छ । स्थानीय जनप्रतिनिधी भए पछि काम गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीयहरु वडा अध्यक्षको ब्यवहार पछि निरास बनेका छन ।

वडा अध्यक्ष बेल्बासेले सामाजिक काममा अरुलाई कार्यबिधीका कुरा गर्ने तर आफुले भने ब्यापक उल्लंघन गर्ने गरेकाृ स्थानीयले दाबी गरेका छन । जनप्रतिनिधी भएका ब्यक्ती बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष हुन नपाउने भए पनि उनी स्थानीय जनप्रिय माबिमा ब्यवस्थापन समितीको अध्यक्ष समेत हुन् ।

उता वडा अध्यक्ष बेल्बासेले वडाबाट गाई बितरण भएको सत्य भएको जानकारी दिँदै शिब बन्जाडेलाई दिएको तर आफुले नराखेको बताउनुभयो । ४ वटा मात्र गाई आएको एउटा आउन बाँकी रहेकोले लाने किसान तयार नभए आफै राख्ने बिचारमा रहेको बताउनु भयो । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षको समय सकिएको बताउदै अब नयाँ समिती बन्ने बेल्बासेले बताउनु भयो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ९ : २० बजे