१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

संघको बार्षिक समिक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी संचालन (पहिलो वर्षको ३ मूख्य उपलब्धी)


१४ चैत्र २०७५ बिहिबार ००:००  

0
Shares

अमलटारी नवलपुर ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको दुई दिने वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी नवलपुरको अमलटारीमा शुरु भएको छ । गोष्ठीले एकवर्षे कार्यकालको समिक्षा गर्दै आगामी वर्षको नयाँ कार्यभारको योजना समेत निर्माण गर्ने भएको छ । संघले लुम्बिनीमा तयार गरेको वार्षिक कार्ययोजनाको समिक्षा गर्दै त्यसको उपलब्धी तथा सुधार गनुपर्ने विषयमा व्यापक छलफल गर्ने भएको छ । छलफलमा संघले वर्ष भरी गरेका महत्वपूर्ण कार्यको बारेमा समिक्षा गर्दै सकारात्मक तथा नकारात्मक दुवै पाटोमा सूची तयार गरेको छ भने भावी दिनमा गर्ने कार्ययोजनाको रुपमा सुझाव समेत संकलन गरेको छ । समिक्षामा संघले एकवर्षको अवधीमा संस्थागत विकासमा उल्लेखनीय कार्य गरेको बताइएको छ ।
संघले गरेका राम्रो कामको लामो सूचीमध्ये समय व्यवस्थापन, आर्थिक पारदर्शीता तथा सदस्यहरुको आवद्धता तथा कृयाशिलतालाई यसवर्षकै ३ वटा महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ । साथै संघले संस्थागत विकास र परिपाटी, स्वयंसेवी भावनामा काम गरेको र विभिन्न निकायमा पहुँच र प्रभाव बढेको विषय समेत छलफल गरिएको छ भने संघको महत्व र आवश्यकताबारे सवैलाई महसुस हुने गरी नेतृत्वले काम गरेको समेत चर्चा गरिएको छ । भावी कार्ययोजनामा संघको पदाधिकारी तथा सदस्यको काम, कर्तब्य र अधिकारलाई अझ प्रभावकारी बनाउनुपर्ने छलफल गरिएको छ भने कार्यसमितिको क्षमता अभिवृद्धि, व्यवसायी सदस्यलाई अभिमुखीकरण तथा सहुलिएत प्रदान, हाटबजार तथा अव्यवस्थित विक्री वितरणलाई व्यवस्थित बनाउने, खुला सिमानाकाबाट हुने व्यवसायीक चोरी निकासी नियन्त्रणमा आवश्यक समन्वय, संघको संस्थागत पहिचान तथा अभिलेख, आन्तरिक तथा वैदेशिक व्यवसायीक भ्रमण लगाएतका विषयमा काम गरिनुपर्ने सदस्यहरुले सुभाव दिएका छन् ।
थारु होम स्टे अमलटारीमा संचालित कार्यशाला गोष्ठीमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सवैको सहयोगले संघले छोटो अवधीमा उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व र उपभोक्ताको हकहितमा काम गर्दै विभिन्न निकायसंग पब्लिक प्राईभेट पार्टनरसिपमा काम गरिने समेत जानकारी दिनुभयो । कार्यशाला गोष्ठीलाई संघका लेखा संयोजक गुणनिधी भुसालले सहजीकरण तथा वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले स्वागत र कार्यक्रमको संचालन महासचिव लक्ष्मण अधिकारीले गर्नुभएको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु विष्णु प्रसाद न्यौपाने, देवीप्रसाद पाण्डे, यज्ञ प्रसाद भट्टराई, संघका सल्लाहकार सदस्यहरु गणेश बहादुर क्षेत्री, टोप नारायण वेल्वासे, शक्ति सिंह ठकुरी, दुनिका भुसाल तथा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको सहभागीता रहेको प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  १२ : ०१ बजे