८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्याङ्जाबाट विप्लवका जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ



स्याङजा ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्याङ्जा सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका(१३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल परालुली र विप्लव समूहको मजदुर महासंघ स्याङजाका अध्यक्ष बताउने गोबिन्द ओली जीवनलाई पक्राउ गरेको हो । पराजुलीको स्थायी घर कास्की हो भने ओलीको घर रुकुम जिल्लामा पर्दछ ।

मोटरसाइकलमा लुकिछिपी भाग्दै गर्दा दुवैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आवश्यक सोधपुछ अनुसन्धानपछि शुक्रबार नै स्याङ्जा जिल्ला अदालत स्याङजाबाट ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि राज्यविरूद्धको अपराध र विष्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोे प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  १० : ५५ बजे