२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023

गर्भवती महिलाको डुबेर मृत्यु



कञ्चनपुर ।
वेदकोट नगरपालिका–१ चम्फापुरका २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा रीना राना भएको प्रहरी जानकारी दिएको छ। खोलामा लुगा धुने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा उठ्न नसकी मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। ‘गत वर्षको पुसमा छोराको विवाह गरेका हौँ,’ रीनाका ससुरा भजौरा रानाले भने, ‘गर्भवती थिइन्। छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन्।’ स्थानीयले बुहारी डुबेको खबर गरेपछि खोलामा पुग्दा बुहारीको मृत्यु भैसकेको अवस्थामा फेला पारेको उनले बताए। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : ०८ बजे