७ असार २०८३, आइतबार | Sun Jun 21 2026

न्याय परिषदद्वारा ५ जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस



काठमाण्डौ ।
न्याय परिषदले सर्वोच्च अदालतका पाँच रिक्त न्यायाधीशको पद पूर्तिका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। न्याय परिषदको मंगलबारको बैठकले सर्वोच्च अदालतका रिक्त न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिस गरेको हो। सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई र कानुन व्यवसायीबाट तीन जनालाई सिफारिस गरेको छ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश शुष्मालता माथेमालाई सिफारिस गरिएको छ। कानुन व्यवसायीहरूबाट पूर्वमहान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र डा. मनोजकुमार शर्माको नाम सिफारिस गरिएको न्याय परिषद स्रोतले जानकारी दियो। न्याय परिषदको बैठक मंगलबार बिहानदेखि प्रधानन्यायीश चोलेन्द्र शम्शेर जवराको अध्यक्षतामा बसेको थियो।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ९ : ३९ बजे