२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

धनी र गरिब बीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाब



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन्। अध्यक्ष दाहालले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षणसमेत गराए । अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह समेत गरे । उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  ९ : १८ बजे