१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

कर्मचारीले लापरवाही गरेको भन्दै स्थानीयद्वारा टेलिकम कार्यालय घेराउ



हुम्ला ।
नेपाल टेलिकमका कर्मचारीकै चरम लापरवाहीले एक हप्तादेखि बन्द भएको संचार अहिलेसम्म संचालनमा नआएको भन्दै स्थानीय बासिन्दाद्वारा नेपला टेलिकम कार्यालय घेराउ गरेका छन्। चैत १४ गतेको बिहान साढे सात बजेबाट टेलिफोन, एडिएसल, इन्टरनेट, स्काई र नमस्ते फोन विच्छेद भएको छ। एक सतासम्म बितिसक्दा मर्मत नगेरको भन्दै स्थानीयले कार्यालय घेराउ गरेका हुन्। सिमकोट लाग्नाको किर्ने खर्कमा रहेको रेडियो लिंकमा समस्या आएपछि नेपागञ्ज क्षेत्रीय निर्देशानलयबाट दुई जना प्राविधिक आएता पनि टावर मर्मत गर्न नजादा स्थानियवासी आन्दोलित बनेका हुन्। क्षेत्रीय कार्यालय नेपागञ्जबाट टावर मर्मत गर्ने भनी आएका दुई जना प्राविधिक टावर भएको स्थानमा जान नसकेको र लेक लागेको भन्दै अन्य ठाउँमा घुम्न गएको भन्दै कार्यालय घेराउ गरेको सिमकोट गाउँपालिका कार्यक्रम अधिकृत स्थानिय जंग रोकायाले बताए। स्थानियवासी आन्दोलित हुँदा नेपाल टेलिकम शाखा कार्यालयका प्रमुख शिवप्रसाद भट्टराईले भने बुधबार प्राविधिक टोली जिल्लामा पुगेता पनि लेख लाग्ने भएको भन्दै बिहीबार मात्रै प्राविधिकको टोली गएर मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार बिहान साढे सात बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवा सञ्चालनमा आउन नसक्दा यहाँका सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  ९ : २१ बजे