२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

सुनको भाउ घट्यो



काठमाडौँ ।
सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  ७ : २३ बजे