५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उद्योग वाणिज्य संघको नियमित वैठक बस्यो, यस्ता छन निर्णय



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित वैठक आज संघको कार्यालय चारनम्बरमा सम्पन्न भएको छ । वैठकमा संघले यस अवधीमा गरेका गतिविधी, रणनैतिक योजना तथा संघको भावी कार्यक्रमको बारेमा छलफल गरेको छ । संघको लुम्बिनी र अमलटारीमा तयार गरिएको रणनैतिक योजना अनुसारका कामलाई अबको मुख्य कार्यक्रम बनाउने वैठकले छलफल भएको छ ।
संघका अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तुमा प्रदेश राजधानी बनाउनुपर्ने पहल गर्दै आएको र अहिले पनि उक्त अभियानलाई जारी राख्ने बताउनुभयो । प्रदेश राजधानीका लागि संघले पहल गर्ने बैठकमा छलफल भएको छ ।
यसैगरी संघको निर्माणाधिन ४ तले भवनको कामलाई अन्तीम चरणमा पु¥याउदै भदौ पहिलो साताभित्र उद्घाटन गर्ने तयारी छ । वैठकमा महोत्सवको आयव्यय, कार्यक्षेत्रका सवै पसलहरुमा मूल्यसूची टाँस गर्ने, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय साधारण सभामा सहभागीता, क्यालेण्डर प्रकाशन, चाइना भ्रमण लगाएतको विषयमा छलफल गरिएको संघका महासचिव लक्ष्मण अधिकारीले बताउनुभयो ।
संस्थाले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउदै भदौ ३ मा हुने वार्षिक साधारण सभाको अवसरमा भब्य उद्घाटन गरिने जनाएको छ । वैठकमा चिनमा आयोजना हुने औद्योगिक व्यापार प्रदर्शनीमा सहभागीता जनाउने भएको छ । संघमा आवद्ध उद्योगी व्यवसायीलाई चिन भ्रमण लगेर व्यवसायीक सिप दक्षता हासिल गर्ने उद्देश्य रहेको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
सोही अवसरमा परामर्शकर्ता प्रकाश दाहालले उत्प्रेरणामूलक प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा दाहालले मानिस कसरी दुखी छ भन्ने विषयमा छलफल गर्दै आफु भित्रको म, मेरो ज्ञान र विचारले मानिसलाई समस्या पारेको बताउनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ३ : ५२ बजे