५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ घट्यो



काठमाण्डौ ।
सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  ७ : २६ बजे