५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ईटा उद्योग बालमैत्री हुनुपर्ने : सरोकारवाला



गिता अर्याल, चारनम्बर कपिलबस्तु ।
कपिलवस्तुमा बालमैत्री उद्योग हुनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । नेपालमा ठुलो संख्यामा बालबालिकाहरु विभिन्न खालका श्रममा प्रत्यक्ष रुपमा संलग्न भएको भन्दै बक्ताहरुले अब प्रत्येक उद्योग बालमैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
कपिलबस्तुको बुद्धभुमी नगरपालिका–२ गोरुसिङ्गेमा घर घरमा शिक्षा तथा आत्म निर्भर विकास संस्था नेपालको अयोजना र जिफआईको सहकार्यमा सोमबार सम्पन्न एक दिने कार्यपालक अधिकृतहरुका लागि संचालित अभिमुखीकरण कार्यक्रममा बोल्दै बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
विशेषगरी ईट्टा भट्टामा काम गर्ने कामदारका बालबालिकाहरु ईट्टा भट्टामा आउँने हुदाँ उनीहरुलाई सरकारी स्तरबाटै शैक्षिक रुपमा सहयोग गर्नुपर्ने बताएका थिए । बालमैत्री ईट्टा उद्योग बनाउन संचालक, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले मिलेर काम गर्नुपर्नेमा छलफल गरेका थिए ।
संस्थाका सल्लाहकार प्रकाश दाहालको अध्यक्षता तथा कार्यक्रम अधिकृत दुर्गा अर्यालको संचालनमा भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ वडा अध्यक्ष एवम् अधिवक्ता गुणनिधी भुसाल, समृद्धि ईट्टा उद्योगका संचालक डम्बर प्रसाद शर्मा, ज्योती ईट्टा उद्योगका कार्यपालक अधिकृत रामकृष्ण चौधरी, सिद्धार्थ ईट्टा उद्योग रुपन्देहीका कार्यपालक अधिकृत ईश्वरी वस्ती लगायतले बोल्दै ईट्टा भट्टालाई उद्योगमा परिणत गर्नकालागी ईट्टा उद्योग नै क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।
बेटर व्रिक नेपाल परियोजनाले कपिलवस्तु र रुपन्देहीका ईटा उद्योगका बालश्रम मुक्त गर्ने अभियानमा उद्योगका संचालक र स्थानीय सरकार तथा सरोकारवालासंग सहकार्य गर्दै आएको विभिन्न कार्यक्रम गर्दै आएको अधिकृत अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  ४ : ५५ बजे