५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समयमै बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अर्थमन्त्रालयको आग्रह



काठमाडौँ ।
आगामी चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बिनियोजमा सरकार जुटेका बेला अर्थमन्त्रालयले तोकिएको समयभित्र बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गर्न सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेटको खर्चलाई लिएर चिन्ता जनाइरहेका बेला बिहीबार उनको मन्त्रालयलाई सबै मन्त्रालयहरुलाई बजेट खर्च गर्न नसक्ने भए आत्मसर्पण गर्न पत्रमार्फत आग्रह गरेको हो।
मन्त्रालयका एक उच्च अधिकारीहरुका अनुसार पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तर कुमार खत्रीले भने समयमै उचित तरिकाले बजेट खर्च गर भनेर अर्थमन्त्रालयले पत्र लेख्नु स्वाभाविक भएको बताए।
अर्थमन्त्रालयले बजेट बिनियोजन भएको सुरुवाती चरणदेखिनै समयमै बजेट खर्च गर्न सम्बन्धीत मन्त्रालयलार्ई निर्देशन दिएको र त्यसलाई निरन्तरता समेत दिएको उनको भनाई छ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  १० : ०८ बजे