५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मन्त्री यादव भन्छन्, ‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’



काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको ललितपुरमा सम्पन्न १८ औँ वार्षिक साधारणसभामा उनले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले सहयोग गर्ने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।
वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासमा सरकारले सघाउँदै आएको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएको तर त्यो अहिले टुटेकामा चिन्ता व्यक्त गरे । उनले आफूहरू सरकारसँग काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ७ : ५७ बजे