५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अबको एक वर्षमा भूकम्पपछिको पुनर्निर्माण सम्पन्न हुन्छः प्रधानमन्त्री ओली



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विट गर्दै प्रधानमन्त्री ओलीले द्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका छन् ।
उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन् ।
‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ–सयौँ वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १२ : १८ बजे