५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

७ करोडको मायादेवी रिसोर्ट कस्तो होला ? सुरु भयो अत्याधुनिक स्विमिङ पुल



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुले विकासमा फड्को मार्दै जाने क्रममा होटल तथा रेष्टुरेन्टमा पनि लगानी निकै बढेको छ । विशेष गरी वाणगंगामा अहिले होटल तथा रेष्टुरेन्टमा लगानी बढेको हो । कपिलवस्तुकै मुटुको रुपमा विकास भएको बाणगंगामा करोडौँ लगानी गरेर होटल तथा रिसोर्टहरु संचालन भइरहेका छन् । यसै क्रममा बाणगंगा १ बैरियामा मनग्य लगानीमा मायादेवी रिसोर्ट स्थापना भएको छ ।

दुई बिगाहा बढी क्षेत्रफलमा करिब ७ करोड लगानी अनुमान गरिएको रिसोर्ट अहिले पनि निर्माणको क्रममा छ । बैरियाबाट पावरा विक्रम जाने बाटोको छेउमै पूर्वश्चिम राजमार्ग संग सटेको जग्गामा रिसोर्ट स्थापना भएको हो । पश्चिम क्षेत्रकै नमुना रिसोर्ट बनाउने लक्ष्यअनुसार अहिले अन्तर्राराष्ट्रिय मापदण्ड अनुसार काम भइरहेको छ । यद्यपि गर्मी मौसमलाई मध्यनजर गरी अहिले स्विमिङ पुल संचालनमा आएको छ ।

आम उपभोक्ताहरुबाट तत्काल स्विमिङ पुल संचालनको माग भइ आएको हुँदा शुक्रबारबाट स्विमिङ पुलको शुभारम्भ गरिएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अत्याधुनिक तवरले बनाइएको स्विमिङ पुल जुनसुकै तह र तप्काका व्यक्तिले आनन्द लिन सक्ने श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । स्विमिङ पुलमा मात्र १ करोड बढी लगानी भएको बताउँदै श्रेष्ठले तराइको गर्मीमा जोसुकैले सुरक्षित तवरले पौडीको आनन्द लिन सक्ने जानकारी दिनुभयो । बालबालिका, महिला र पुरुषको लागि विशेष व्यस्थासहित स्विमिङपुल तयार भएको छ । स्विमिङ पुलको शुभारम्भमा यस क्षेत्रका सयौँ व्यक्तिले पौडीको आनन्द लिएका छन् । यसले आफूलाई थप हौसला बढेको उहाँले बताउनुभयो । पौडीमा रात्रीकालिन तथा दिवाकालीन आनन्द लिन सकिने छ ।


अबको २ तिन महिनामा रिसोर्टका सबै काम सम्पन्न हुने छ । रिसोर्टमा १५ सय देखि २ हजार बढी क्षमताको सभा हल, रेष्टेरेन्ट, बार, वस्नको लागि एसि जडित कोठा, गार्डेन आदि हुने छन् । रिसोर्टमा होटल म्यानेजमेन्ट अध्ययन गरेका कुक, सेफ र वेटर रहने छन् । भने अत्याधुनिक किचनमा खाना तथा नास्ता तयार हुने छ । विशेष गरी पर्यटनको प्रवद्धन गर्न र बुटवल भएर पश्चिम छिर्ने पर्यटकको लागि सुविधा सम्पन्न होटलको व्यस्था नभएको हुँदा आफूले रिसोर्ट संचालनमा ल्याएको श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  ८ : ३० बजे