५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तेलको भाऊ बढ्यो, पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा, डिजेल मट्टितेलको कति ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो । मूल्य बढेपछि भोली बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ । आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६ बिहिबार ००:००  १० : २८ बजे