५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बैङ्कर्स क्लव वाणगंगा गठन, शाईन रेसुङ्गाका पाण्डे अध्यक्षमा चयन


१५ जेष्ठ २०७६ बुधबार ००:००  

2
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिका शहरीकरणको रुपमा विकास हुन थालेपछि यहाँ विभिन्न वैंक तथा वित्तिय संस्थाहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय वाणगंगा नगरपालिकालाई कार्यक्षेत्र बनाएर वैंक तथा वित्तिय संस्थाहरु संचालन हुने क्रम बढेको हो । बाणगंगा नगरपालिकाको मुख्य बजार चारनम्बर जीतपुर, बैरिया, पिपरा, वोर्डगाउ, बनगाई, गजेहडा, ओदारी र कोपवा लगाएतका क्षेत्रमा नयाँ वैंकहरु आउने क्रम बढेको छ । वैंकहरुको संख्या बढ्दै गएपछि वित्तिय सेवा प्रवाह गर्दै आएका वैंकहरु पनि क्रमश संगठित भएका छन् । नगरक्षेत्र भित्र संचालनमा रहेका वैंक तथा वित्तिय संस्थाका शाखा प्रमुखहरुको हालै सम्पन्न भेलाले वैङ्कर्स क्लव वाणगंगा गठन गरेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट वैंक चारनम्बर शाखा प्रमुख अनुराग पाण्डेलाई वैङ्कर्स क्लव वाणगंगाको पहिलो अध्यक्षमा निर्वाचित गरेको छ । १८ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा क्रमशः द्रोण बहादुर जिसी (मिसन डेभलेपमेण्ट वैंक), मनोज पौडेल (सिद्धार्थ बैंक लि.), रामजी पोख्रेल (राष्ट्रिय बाणिज्य बैंक), महासचिवमा यम प्रसाद उपाध्याय (मिसन डेभलेपमेण्ट वैंक), उपाध्यक्षद्धय पिताम्बर पोख्रेल (जनता वैंक), डिल्लीराज ढकाल (ग्लोबल आइएमई), सचिवमा निशान अधिकारी (इन्भेष्टमेण्ट फाइनान्स लि.), कोषाध्यक्षमा पदम पाण्डे (एनसिसि वैंक), सदस्यहरुमा सरोज भण्डारी मेगा वैंक, प्रदिप तिवारी, बलबहादुर जिसी (वेष्टर्न डेभलेपमेण्ट बैंक), मनिष आचार्य (लुम्बिनी विकास वैंक), गौरव डुम्रे कैलाश विकास वैंक, सन्तोष पाण्डे मिसन डेभलमपेण्ट वैंक, रमेश पौडेल, सोभित खड्का र लक्ष्मण केसी(ज्योति विकास वैंक) रहेका छन् । वाणगंगा नगरक्षेत्र भित्र २७ वटा वैंक तथा वित्तिय संस्था रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  १ : ३८ बजे