५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुका इलेक्ट्रिककर्मी र पलम्बिङकर्मीहरु संगठित



मायादेवी अनलाइन,कपिलवस्तु ।
कपिलवस्तुका इलेक्ट्रिक कर्मी र पलम्बिङकर्मीहरु संगठित हुन थालेका छन् । कपिलवस्तुको बाणगंगाा ८ बोडगाउमा कार्यालयको स्थापना गरेर अबदेखि आफ्नो हक अधिकारको लागि काम गर्ने भन्दै उनीहरु संगठित हुन थालेका छन् । सबैको घरघरमा धारा पाइप जडान गर्ने तथा सबैको घरलाई उज्यालो बनाउने जोखिमपूर्ण काम आफूहरुले गरिरहेको भए पनि दुख पर्दा आफूहरुको साथमा कोही नभएपछि अब संगठित भएर नै आफूहरुले काम गर्न थालेको इलेक्ट्रिक पलम्बिङ इकाई कार्यसमिति कपिलवस्तुका अध्यक्ष हरि बहादुर मल्लेले जानकारी दिनु भयो ।
अहिले समितिमा जिल्लाका करिब ३ सय बढी इलेक्ट्रिक कर्मी र पलम्बिङकर्मीहरु आवद्ध रहेको उहाँले रेडियो मायादेवीलाई जानकारी दिनुभयो । अध्यक्ष थापाले समितिमा आवद्ध भएका कुनै पनि श्रमिकलाई चोटपटक लागेमा वा अंग भङग भएमा समितिले त्यसको जिम्मा लिने बताउनु भयो । साथै समितिले बिजुली तथा धारा पाइपको सन्दर्भमा पनि एउटै मापदण्ड बनाएर काम गर्ने बताउदै उहाँले कहिँ कतै यस कार्यमा अनियमितता हुन नदिने बताउनु भयो । संस्थाका सचिव खगेन्द्र घिमिरेले छिटोभन्दा छिटो सबैलाई समितिमा आवद्ध हुन आग्रह गर्नुभएको छ ।
बाणगंगाा ७ बोडगाउँ चोकमा यसको इकाई कार्यालय रहेको हुँदा कार्यलयमा आएर सम्पर्क गर्न पनि उहाँले जिल्लाका सबै पलम्बिङकर्मी र इलेक्ट्रिक कर्मीलाई आग्रह गर्नुभयो । कार्यालयको गत मंगलबार नेपाल ट्रेड युनियन कपिलवस्तुकी अध्यक्ष बालकुमारी पन्त अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६ बिहिबार ००:००  ९ : ४० बजे