५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बजेटबारे रेडियो मायादेवीसंग कुराकानी गर्दै अर्थविद् यसो भन्छन् ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
सरकारले साँढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित संसदमा पेश गरेको १५ खर्ब ३२ अर्बको बजेटबारे अर्थविद्हरुले विभिन्न प्रतिक्रिया जनाएका छन् । सरकारले राजश्व र आन्तरिक ऋणबाट अपुग हुने करिब ३ खर्ब रुपैयाँ वैदेशिक ऋण लिने सरकारको तयारी छ ।
तर, चालु आर्थिक वर्षमा समेत सरकारले लिएको लक्ष्यको आधा समेत पैसा नआएको बेला सरकारले लिएको लक्ष्य हासिल गर्न कठिन हुने अर्थविद्हरुले प्रतिक्रिया दिएका हुन् । अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकता र आकार ठिक भएपनि पूँजीगत खर्चका लागि विनियोजन न्यून भएका कारण आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने बताउनुभएको छ ।
रेडियो मायादेवीसंग कुरा गर्दै अर्थविद् अधिकारीले भन्नुभयो, ‘बजेटको उद्देश्य, प्राथमिकता र आकार सबै ठिक छ । तर बजेटको प्रवन्धहरु पूँजीगत खर्च न्यून भएका कारण आर्थिक वृद्धिदर हासिल गर्न कठिन छ ।’
अधिकारीका अनुसार चालु खर्च बढेका कारण नीजि क्षेत्रको लागत बढ्ने र समग्रमा अर्थतन्त्रको लागत बढ्ने भएकाले मुल्यवृद्धि समेत बढ्छ । डा. अधिकारीले समेत पूँजीगत खर्चको आकार न्यून भएका कारण साँढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने बताउनु भयो ।
उहाँले ‘प्रदेश सरकार र स्थानीय सरकारलाई केन्द्र नियन्त्रणमुखी बजेट आयो यसको पनि आलोचना हुन्छ नै, संविधानको मर्म अनुरुपको पनि भएन । जुन सुधारको अपेक्षा गरिएको थियो त्यस्तो बजेट नआएको हुँदा कार्यान्वयनमा समस्या आउँछ । ’
यस्तै अर्थशात्री मनिकर कार्कीले बजेट वितरण मुखी भएको बताउनु भएको छ । रेडियो मायादेवीसंग कार्यक्रम समय संवादमा कुराकानी गर्दै कार्कीले वितरणमुखी बजेटले देशको विकास नगर्ने बताउनु भयो । बजेटमा आगामी आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको छ ।
बजेटका केही सबकारात्मक कुराहरु रहे पनि यो कार्यकर्ता पोष्न ठिक्क हुने उहाँको भनाई छ । उहाँले उत्पादन बढाउने र मुलुकलाई आत्मनिर्भर बनाउने सबालमा बजेट फिकका सावित भएको बताउनु भयो ।

बजेटबारे धारणा राख्दै अर्थशास्त्री डा. अधिकारी र कार्की ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ९ : ४७ बजे