३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

गुल्मीको धुर्कोट गाउँपालिकाले दियो १५० जनालाई रोजगारी



काठमाण्डौ ।
गुल्मीको धुर्कोट गाउँपालिकाले १५० जनालाई रोजगारी दिएको छ । सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३० दिनका लागि १५० जनालाई रोजगारी दिइएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिनुभयो । १३ जनालाई शिक्षण संस्थामा, ४ जनालाई स्वास्थ्य संस्थामा, १५ जनालाई सिँचाई कुलो मर्मतमा, १५ जनालाई कृषि र पशुपालनमा, ७ जनालाई विद्युत मर्मतमा, १५ जनालाई खानेपानीमा र ८१ जनालाई सडकमर्मतको काम दिइएको उहाँले जानकारी दिनुभयो ।
धुकोर्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । मन्त्री विष्टले आफ्नो प्राथमिकता स्वदेशको रोजगारी भएको र अबको पाँच वर्ष्भित्र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताउँदै आउनुभएको छ ।
यो वर्ष थप पाँच लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको योजना छ । प्रधानमन्त्री रोजगार कार्याक्रम कार्यान्वयनका लागि मात्रै ५ अर्ब १ करोड बजेट बिनियोजन गरिएको छ । यसअघि गुल्मीकै मुसिकोट नगरपालिकाले पनि ९० जना युवालाई नगरपालिका भित्रै रोजगारी दिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : ०७ बजे