२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गजलकार जे. सागरको पहिलो गीत बिर्सुं कसरी सार्वजनिक



काठमाण्डौ ।
गजलकार तथा सञ्चारकर्मी जे सागरले रचना गरेको गीत ुबिर्सु कसरीु को म्युजिक भिडियो सार्वजनिक भएको छ । गएको बुधबार लण्डनमा रहेको साउथ ह्यारोमा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

अहिले यूएईमा रहँदै आएका गजलकार जे।सागरको शब्द, बेलायतमा कार्यरत सन्ध्या पौडेलको स्वर र आशिष राजको संगीत रहेको भिडियोलाई लण्डन निवासी राजेन्द्र पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा प्रसुना कँडेल ,रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ ।

यसअघि नै ुयत्ति भए पुग्छु गजल संग्रह प्रकाशित गरिसकेका जे।सागर नेपाली गजल विधाका परिचित नाम हो । उनका दर्जनौं गजल अहिले पनि धेरै गजलप्रेमी माझ उत्तिकै लोकप्रिय छन् । यसैगरी लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पनि यो नै पहिलो रेकर्डेड गीत हो । भिडियो निर्देशक पौडेलदेखि कलाकारहरु सम्मको पहिलो प्रयास भनिएको यो गीत सुन्दा र हेर्दा भने निकै परिपक्वता भेटिन्छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : २८ बजे