१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जब ७७ वर्षीया वृद्धाको कोठाभित्र ११ फिटको गोही पस्यो (भिडियो)



एजेन्सी ।
शुक्रबार बिहान ठूलो आवाज आएपछि अमेरिकी राज्य फ्लोरिडास्थित घर भएकी ७७ वर्षीया वृद्धाको निद्रा खुल्यो।

जब उनी के भयोभन्दै किचेन तिर गइन्। उनी आश्चर्यमा परिन्। उनले त्यहाँ ठूलो गोही देखिन्।

वृद्धा म्यारी विसचसेनका अनुसार गोही झ्याल फुटाएर कोठामा प्रवेश गरेको थियो। उनले हतार हतार कोठा बन्द गरिन् र प्रहरीलाई खबर गरिन्।

प्रहरीले चाँडै आएर गोहीलाई नियन्त्रणमा लियो।

प्रहरीका अनुसार गोही ११ फिट लामो थियो। विसचसेनका अनुसार यदी उनको निद्रा नखुलेको भए त्यसले उनलाई निल्ने थियो। किनभने उनले बेडरुमको ढोका लगाएकी थिइनन्। एजेन्सी

 

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १ : ०७ बजे