११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

सामाजिक परिक्षण सम्पन्न


३१ जेष्ठ २०७६ शुक्रबार ००:००  

0
Shares

गिता अर्याल, तौलिहवा ।
कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारि परियोजनाको सामाजिक परिक्षण तौलिहबामा हिजो सम्पन्न भएको छ । युरोपियन युनियन, वी वल्र्ड अनलसको आर्थिक सहयोग तथा ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारिमा सञ्चालित पिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नारायण खनालले परियोजना अन्तर्गत कपिलबस्तुको मायादेवी र शुद्धोधन गाउँपालिकामा गुणस्तरिय शिक्षाका लागि उदाहरण्ीाय कार्य गरेकोमा प्रशंसा गर्नुभएको छ । परियोजनाले विद्यालय वाहिर रहेका वालवालिकालाई शिक्षाको पहुचमा पु¥याउन सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
यसैगरि शिक्षा शाखा तथा समन्वय इकाई शाखा अधिक्रत अर्जुन कुँवरले शिक्षामा सवैको लगानी हुनुपर्नेमा जोड दिनु भएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष वजरंगी प्रसाद कुर्मीले गुणस्तरीय शिक्षामा पहुँच बढाउन संघसस्था संग सहकार्य गरि अगाडि बढने बताउनुभयो । उहाले शिक्षामा देखिएका समस्याहरुको पहिचान गरि गाउँपालिकामा शिक्षाको क्षेत्रमा काम गर्न संघसंस्थालाई आग्रह गर्दै आउने बजेट र कार्यक्रममा सहकार्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै शुद्धोधन गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पौडेलले परियोजनाले सामुदायिक संस्थाका सदस्य तथा विदालयका शिक्षकहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउनुको साथै जीवन यापनमा सहजता ल्याएकोमा खुशि ब्यक्त गर्नुभयो । शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक हरि अधिकारीले कपिलबस्तुको शिक्षामा ग्लोवल एक्सन नेपाल र सिद्धार्थले शिक्षाको महत्व समुदायलाई बुझाउन सकेको र विद्यार्थीको सिकाई स्तरमा बृृद्धि ल्याउन सकेको बताउनु भयो।
श्री छत्रपालि तीर्थादेवि माविका प्रधानाध्यापक नरेन्द्र वहादुर कुर्मिले शिक्षा क्षेत्रमा सरकारको चासो सोचे अनुरुप नभएको बताउनु भएको छ । साथै उहाँले सरकारले मावि सम्मको शिक्षा निशुल्क गरेतापनि व्यवहारमा कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका तर्फबाट टिम लिडर अजय चौधरिको स्बागत मन्तब्य, ग्लोबल एक्सन नेपालका तर्फबाट टिम लिडर नारायण प्रसाद पन्थीले परियोजनाले गरेका कार्यक्रम तथा उपलब्धिका बारेमा जानकारी दिनुभएको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तथा परियोजना फोकल पर्सन सूर्यकुमारी शाहिको अध्यक्षता रहेको कार्यक्रममा मायादेवि तथा शुद्धोधन गाउपालिका शिक्षा शाखा प्रमुख, वडा अध्यक्ष , शिक्षक, विद्यार्थी, अभिभाबक, सामुदायिक संथाका प्रतिनिधि, बडकी दिदि, सहजकर्ता स्रोत प्रशिक्षक, सामाजिक परिचालक लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन ग्लोवल एक्सन नेपालका स्रोत प्रशिक्षक गिता अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ८ : ४४ बजे