६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सुनको मूल्य १०० रुपैयाँ घट्यो



काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य ६३ हजार रुपैयाँ रहेको छ।
सोमबार यस्तो मूल्य प्रतितोला ६३ हजार १०० रुपैयाँ रहेको थियो। त्यस्तै मंगलबारको लागि तेजावी सुनको मूल्य ६२ हजार सात सय र चाँदीको मूल्य ७२० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  २ : ५५ बजे