३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

‘आइफा अवार्ड’लाई एक अर्व दिने सरकारी निर्णय प्रति भीम रावलको आपत्ति



काठमाडौं ।
मन्त्रिपरिषद बैठकले इन्टनेशनल इन्डियन फिल्म एकेडेमी आईफा अवार्ड काठमाडौमा आयोजना गर्न ४४ करोड दिने निर्णयको चौतर्फी विरोध हुन थालेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा आयोजना हुने भनिएको २०औँ संस्करणको अवार्डका लागि नेपालका पर्यटनमन्त्री वा राज्यमन्त्री संयोजक रहने एक उच्तस्तरीय समिति बनाउने निर्णय गरेको बताइएको छ।

महानगरपालिकाको ४४ करोड र आयोजनाको सहयोगमा सरकारको करिव एक अर्व खर्च हुने र त्यसका लागि सरकार तयार रहेको सार्वजनिक भएसँगै यसको सामाजिक सञ्जालमा विरोध शुरु भएको छ। समाजिक सञ्जालको विरोध सामान्य नागरिक हुँदै सत्तारुढ नेकपाभित्र प्रवेश गरेको छ।

सरकारका निर्णयको खुलेर टिप्पणी गर्दै आएका नेता भीम रावलले समाजिक सञ्जाल ट्वीटर मार्फत सरकार कसको उक्साहटमा चलिरहेको छ ? भन्दै प्रश्न उठाएका छन्।

‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आाश्चार्य लागेको छ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला १ नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो किरु’

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  १ : ५४ बजे